Thu. Apr 25th, 2024

जारी विश्वकपको सेमिफाइनलबाट भारत बाहिरिएपछि बलिउड अभिनेत्री अनुष्का शर्माको पनि धेरै आलोचना भयो। उनका प्रेमी विराट कोहली एक रनमै आउट भएपछि धेरैले उनीहरुको सम्बन्धको मजाक पनि उडाए। तर, शर्माले अरुको आलोचना र मजाकले आफूहरुको सम्बन्धमा कुनै फरक नपर्ने बताएकी छन्। फिल्मफेयर पत्रिकाका अनुसार अनुष्काले एक भारतीय प्रशंसकको हैसियतमा क्रिकेट हेर्न जाँदा अनावश्यक चर्चा भएको उनको गुनासो छ।

290415-virat-kohli-anushka-sharma

उनले भनेकी छिन् -‘म विराटलाई सच्चा माया गर्छु अरुले के भन्छन् हाम्रो सम्बन्धका विषयमा त्यसले हामीलाई कुनै पनि असर र फरक पार्दैन ।’ विराटले राम्रो खेलेपनि आफ्नो नाम आउने र नराम्रो खेलेपनि आरोप लाग्ने भएकाले विराटले जे गरेपनि आफू जोडिने अनुष्काले बताएकी छन्। जसले जेसुकै भनेपनि दुवैजना आफ्नो काममा लागिरहेकाले आलोचनाले प्रेम सम्बन्धमा कुनै फरक नपार्ने पनि बताइन्। विराट र अनुष्का लामोसमय देखी प्रेमसम्बन्धमा रहेका छन् ।

%d bloggers like this: