Thu. Apr 25th, 2024

अष्ट्रेलियामा हाल भइरहेको भारत र अष्ट्रेलियाबीचको विश्वकप क्रिकेटको सेमिफानल खेलमा आफ्ना प्रेमी विराट कोहलीलाई हौस्याउन अष्ट्रेलिया पुगेकी बलिउड अभिनेत्री अनुष्का शर्मा निराश भएकी छिन् । ओपनर शिखर धवनले ४५ रन बनाएको अवस्थामा आउट भएपछि क्रिजमा आएका बिराट कोहली १ रनमै आउट भएका थिए । बिराट १ रनमानै आउट भएपछि अनुष्का निराश भएकी छिन् । बिराट आउट भएपछि अर्का ओपनर रोहित शर्मा ३४ रनमा आउट भएका थिए । यसअघि अष्ट्रलिया नजाने बताएकी अनुष्का खेल हुनु अघिल्लो दिन मात्र अष्ट्रेलिया पुगेकी थिइन ।

Indian batsman Virat Kohli during 5th ODI match between India an

विराट र अनुष्काले आफ्नो सम्बन्धबारे यसअघि त्यति खुलस्त नपारेको भएपनि पछिल्लो समय दुवैले सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका छन् । भारतीय किक्रेट कन्ट्रोल बोर्डले खेलाडीलाई आफ्ना नजिकका व्यक्तिलाईसँगै राख्न छुट दिएपछि अनुष्का सिड्नी गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विराट र अनुष्काले सोमबार सिड्नीमा रहेको एउटा भारतीय रेष्टुरेन्टमासँगै खाना खाएका थिए । केहि दिन अगाडी मात्र अनुष्काले अभिनय र निर्माण गरेको चलचित्र ‘एनएच १०’ हेर्न विराट र अनुष्का हलमै गएका थिए । चलचित्र हेरेपछि विराटले पहिलो पटक ट्विटर मार्फत अनुष्का आफ्नो प्रेमी हुनुमा धेरै खुसी रहेको बताएका थिए ।

%d bloggers like this: