Thu. Apr 18th, 2024

गत वर्षको हिट फिल्म क्विनका लागि अभिनेत्री कंगना रनावतले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी छन् । यस वर्षका अवार्डहरुमा मेरी कोमकी प्रियंका चोपडासँग प्रतिस्पर्धामा रहेकी कंगनाले फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । सन् २००८ मा कंगनाले मधुर भण्डारकरको फिल्म फेसनबाट सह अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन् । मंगलबार घोषणा भएको भारतको ६२ औं राष्ट्रिय पुरस्कारबाट उत्कृष्ट पपुलर फिल्म मेरी कोम पर्न सफल भएको छ भने विशाल भारद्वाजको ‘हैदर’ले चारवटा अवार्ड आफ्नो पोल्टामा पारेको छ।

‘हैदर’ले संगीत, नृत्य, भेषभुषा तथा पुरुष गायन विधाबाट सो अवार्ड जितेको छ भने सोहि राष्ट्रिय फिल्म पुरस्कारबाट अमिताभ बच्चनले अभिनय गरेको भूतनाथ रिर्टन्सले स्पेलस मेन्सन पुरस्कार पाउन सफल भएको छ । उत्कृष्ट अभिनेताको अवार्ड कन्नड फिल्मका सुपरस्टार विजयले फिल्म नान्नु अवनाला अवनुका लागि पाए । उत्कृष्ट फिल्म कोर्ट घोषित भयो भने उत्कृष्ट निर्देशकको अवार्ड बंगाली फिल्म चतुस्कोनका लागि सृजित मुखर्जीले पाएका छन् । राष्ट्रिय अवार्डका विजेताहरुलाई आगामी मे ३ मा भारतका राष्ट्रपति प्रणव मुखर्जीले सम्मानित गर्नेछन।

%d bloggers like this: