
स्रोताको मन जित्दैछिन् ‘स्लोली स्लोली’
मनोरंजनसंसार डटकम भारतको आसाममा अलग्गै पहिचान बनाइसकेकी गायिका मिलन अमात्य जब नेपाल आइन्, उनलाई फेरि शून्यबाट संघर्ष गर्नुपर्ने बाध्यता पर्यो। त्यो निर्णय लिनु उनका लागि सजिलो थिएन। भारतका विभिन्न क्षेत्रीय भाषाका गीतमा उनको स्वर सजिइसकेको थियो। राजस्थानी, नेपाली, बोडो तथा असामिज गरी चार भाषामा एल्बम सार्वजनिक भइसकेका थिए। उनको करिअर एउटा लयमा अघि बढिरहेको थियो।…