फ्राइडे रिलिज: चार सिनेमाको भिडन्त, कसलाई कति फाईदा ?
यो शुक्रबारबाट चार नेपाली सिनेमा रिलिजमा आएका छन । ‘सुपर हिट’ कैफियत’ ‘कसैलाई नभन्नु’ र‘बिन्दाश–३’ एकसाथ रिलिजमा आएका हुन् । सिनेमा ‘सुपरहिट’मा ‘चपली हाईट’ मार्फत चर्चामा आएकी अभिनेत्री बिनिता बरालको अभिनय रहेको छ । यस चलचित्रलाई सौरभ ढकाल र नीरञ्जन पाण्डेले निर्देशन गरेका हुन् । मुभिज ईन्फिनिटी क्रिएसनको ब्यानरमा अरुण थापाले सिनेमामा लगानी गरेका छन ।…