‘पूजार सार्की’मा भित्रिए अञ्जना र परिक्षा

काठमाडौं / दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पूजार सार्की’मा अभिनय गर्ने मुख्य अभिनेत्रीहरुको टुङ्गो लागेको छ । सिनेमाका लागि अञ्जना बराइली तथा परिक्षा लिम्बु पक्का भएका हुन् । निर्माण टिमले उनीहरु दुवै जनालाई अडिसनबाट छनोट गरेको हो । सिनेमाको मुख्य अभिनेतामा यसअघि नै आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भैसकेका छन् । यी…

Read More

‘दिमाग खराब’को अष्ट्रेलियामा गजब क्रेज

काठमाडौं / कार्तिक २४ गते रिलिज भएको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ यतिबेला नेपालमा आफ्नो प्रदर्शनको छैटौं हप्तामा रहेको छ। सिनेमाले नेपालसँगै अस्ट्रेलियामा पनि आफ्नो सफल प्रदर्शन जारी राखेको समाचार प्राप्त भएको छ । अस्ट्रेलियाका विभिन्न शहरमा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न निर्देशक बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अस्ट्रेलियामा रहेका छन् । उनीहरुको…

Read More

गौरव र नम्रताको ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौं / राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्ख कलाकार गौरव पहारी…

Read More

टेलिसिरियल ‘सिन्दुर’ निर्माण घोषणा

काठमाडौं / कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल ‘सिन्दुर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा ‘सिन्दुर’को निर्माण घोषणा गरेकी हुन् । करिब १७ बर्ष अगाडी निर्माण भएको सुपरहिट टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्ये नजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरु नेपाल बाहीर भएकाले…

Read More

‘जम्प’ र ‘दुई कदम’ शुक्रबारबाट प्रदर्शनमा

काठमाडौं / आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘जम्प’ र ‘दुई कदम’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फरक कथा र विषयमा निर्माण भएका सिनेमा हुन् । दुवै सिनेमाका लक्षित दर्शक वर्ग पनि फरक छन् । साइकोलोजी-थ्रिलर जनरामा निर्माण भएको ‘जम्प’मा आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन छ । विनिता थापामगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल…

Read More

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को फर्स्टलुकसहित रिलिज मिति घोषणा

काठमाडौं / दयाहाङ राई तथा मिरुना मगर अभिनित ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ । निर्माण कम्पनी कबड्डी फिल्मस्ले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा यसका निर्देशक हुन् । सिनेमामा मिरुना ‘मनसरा’ पात्रको…

Read More

पूजा शर्माको ‘दान्भी’ टिजर सार्वजनिक

काठमाडौं / अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सिनेमाको सार्वजनिक टिजरमा पूजा ‘फुल अन एक्सन’…

Read More

प्रहरी निरीक्षक ‘मान बहादुर ढकाल’ बने ‘रङ्गेली’मा प्रविन

काठमाडौं / नेपाली सिनेमा ‘रङ्गेली’बाट अभिनेता प्रविन खतिवडाका दुई क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मान बहादुर ढकाल’को नाम दिइएको छ । पोस्टर अनुसार सिनेमामा उनी नेपाल प्रहरीको निरीक्षक बनेका छन् । यसअघि अभिनेता द्वय दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर…

Read More

माग्ने बुढापछि ‘कङ्गारु’मा अर्पण थापा अनुबन्धित

काठमाडौं / सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कङ्गारु’मा कलाकारको लानअप बलियो बन्दै गएको छ । राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा बन्ने सिनेमामा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए । केदारपछि सिनेमाको अर्को मुख्ख पात्रमा अर्पण थापा पनि अनुबन्धित भएका छन् । अभिनेता थापा र सिनेमाको निर्माण पक्षबिच आज औपचारिक…

Read More

‘मायाका रंगहरु’मा अभिनेता पल शाह अनुबन्धित

काठमाडौं / केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय सिनेमा ‘मायाका रंगहरु’ (कलर्स अफ लभ)को निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो-नेपाली सिनेमाको छायांकन पल शाहले पुजार सार्कीको छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने छ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको ९० प्रतिशत छायांकन भारतको सिक्किम…

Read More