
‘परदेशी २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
काठमाडौं / आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । विमानस्थलको विदाईको दृश्यबाट सुरु भएको शुक्रबार सार्वजनिक ट्रेलर दशैंको परिवेश समेट्दै टुंगिन्छ । अभिनेता प्रकाश सपूतले मन्त्र उच्चारण गर्दै दशैंमा आफैंलाई टीका लगाएको दृश्य मार्मिक छ । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा…