प्रीतिले ल्याइन् ‘के को शान’

काठमाडाैँ । गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ । पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ ।…

Read More

नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो

काठमाडाैँ । श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ । नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी स्पोर्ट्स क्लब २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । श्रीलङ्का नेभीका लागि एम मधुशङ्काले सर्वाधिक ३९ रनको…

Read More

पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

तनहुँ । नाबालिग गायिकामाथि जबरजस्ती करण गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो । यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न…

Read More

गोविन्द शाही नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा मनोनित

काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका सफल व्यक्ति गोविन्द शाही नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा मनोनित भएका छन् । संघका सभापति तीर्थ बहादुर थापाले शाहीलाई संघको परिच्छेद ७ को दफा २० (छ) बमोजिम मनोनित गरेका हुन् । शाहीको मनोनयनसँगै संघको उन्नयन, सम्बर्द्धन, द्रूतस्तर विकासका लागि पारस्पारिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरणमा थप मद्दत पुग्ने अपेक्षा सभापति थापाले गरेका…

Read More

भदाै ३ गतेबाट ‘प्रेमगञ्ज’ प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिको शुभकामना भिडियो सार्वजनिक गर्दै फिल्म २०७९ भदौ ३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका व्यक्तिले…

Read More

रविन तामाङले गाए ‘चिसो एष्ट्रे’

काठमाडाैँ । गायक रविन तामाङको स्वरमा फिल्म ‘चिसो एष्ट्रे’को शीर्ष गीत ‘चिसो एष्ट्रे’ सार्वजनिक भएको छ । अंग्रेजी भर्सनको गीतमा रविनकै शब्द तथा संगीत छ । दिनेश पाल्पाली निर्देशित फिल्ममा उनको अभियन पनि हेर्न पाइनेछ । केही समयअघि उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए । शीर्ष…

Read More

प्रिमियरमा रुचाइयो ‘लप्पन छप्पन २’, आजदेखि हलमा

काठमाडाैँ । कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् । गतसाता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो । रिलिज अगाडी गरिएको प्रिमियरले फिल्मी माहोल बनायो । कोरोना भाइरसको महामारी पश्चात त्यहाँ सेलिब्रेटी देखिए । आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’लप्पन छप्पन २’ ले पनि…

Read More

कबड्डी-४ जेठ १३ गतेदेखि प्रदर्शन हुने

काठमाडाैँ । सफल फिल्म ‘कबड्डी’को चाैथो सिक्वेलको नयाँ रिलिज मिति तय भएको छ । दर्शकमाझ लोकप्रीय यस फिल्मको चाैथो सिक्वेल ‘कबड्डी ४’ आगामी जेठ १३ गते अर्थात मे २७ मा रिलिज हुने भएको हो । यसभन्दा अघि अर्को नै मितिमा रिलिज हुने भनिएको भएता पनि वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै फिल्म…

Read More

‘पीडित’को पक्षमा उभिएका यी अभिनेत्रीहरू

काठमाडाैँ । एक नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ । यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र…

Read More

म एक्सन फिल्मबाहेक अरु सोच्दिनँ : निर्देशक मुकुन्द भट्ट

काठमाडाैँ । आउँदो शुक्रबारबाट ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउँदै छ । एक्सन थ्रीलर फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । उनले ’लप्पन छप्पन’लाई सिक्वेलको रुपमा नभई सिरिजको रुपमा अगाडि बढाइरहेका छन् । ’लप्पन छप्पन’ नाम मुकुन्दसहितको टिमले दर्ता गरेपछि नेपालकै एक ठूलो व्यानरले समेत मागेका थियो । तर, मुकुन्दले यस नाममा आफैंले सिरिज ल्याइरहेका छन्…

Read More