पूर्वमन्त्रीहरूले गरे ‘नीरफूल’को प्रशंसा

काठमाडौँ । सामाजिक विषयवस्तुको उठान गरेको भन्दै पूर्वमन्त्रीहरूले चलचित्र ‘नीरफूल’ को प्रशंसा गरेका छन् । पूर्वमन्त्रीहरू पार्वत गुरुङ, रघु पन्त, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही, पूर्वसांसद नवीना लामालगायतले चलचित्र ‘नीरफूल’ हेरेर प्रशंसा गरेका हुन् । पूर्वमन्त्री गुरुङले भने, “हलमै आएर चलचित्र हेरेको मेरो पहिलो अनुभव हो । भूकम्पको त्रासदीसँगै नीरफूलमा सामाजिक विषय उठाइएको रहेछ…

Read More

आजदेखि काठमाडाैँ महानगरभित्रका हलमा हिन्दी फिल्म नचल्ने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् । मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिनपहिले…

Read More

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ए मेरो हजुर–४’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युबमा रिलिज भएको एक दिनमै ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत मुख्य भूमिकामा छन् । सुनील थापा निर्माता रहेको चलचित्र झरना थापाले निर्देशन गरेकी छन् ।

Read More

जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म महानगरमा हिन्दी फिल्म चल्न दिइँदैन : बालेन

काठमाडाैँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने जानकारी दिएका छन् । महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यससम्बन्धी पूर्ण जानकारी नभएको बताए…

Read More

तारिफयोग्य ‘नीरफूल’

काठमाडाैँ । विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी नभेटिएपछि आमाबुवाको मनमा परेको छटपटी र असह्य पीडाको कथा हो, चलचित्र ‘नीरफूल’ । चलचित्रभित्र दुई वटा कथा पस्कन खोजिएको छ । एउटा छोरी खोज्न भौँतारिएका आमाबुवाको कथा अर्को गाउँमा आयआर्जन राम्रो गर्न नसकेपछि आफूले चाहँदा नचाहँदै पनि रोजगारीका लागि बिदेसिनुको पीडाको कथा । स्यरल्हामो (शान्ति वाइबा) र चेन्जारोङ…

Read More

‘नीरफूल’को विशेष प्रदर्शनीमा नेतादेखि कलाकारको उल्लासपूर्ण सहभागिता

काठमाडाैँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए । “चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका…

Read More

‘नीरफूल’को सकारात्मक सुरूवात, पहिलो दिन नै देखायो राम्रो व्यापार गर्ने संकेत

काठमाडाैँ । शुक्रबार अर्थात् आजबाट देशभर प्रदर्शन भएको चलचित्र ‘नीरफूल’ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ । उत्कृष्ट कथावस्तु भएको भनेर प्रिमियर कै दिन प्रशंसा बटुलेको फिल्मले पहिलो दिन राम्रो सुरूवात गरेको छ । ‘नीरफूल’ले देशभर करीब १ सय हाराहारीमा शो पाएको छ भने फिल्मको सुरूवात हेर्दा आगामी दिनमा फिल्मको शो अझै बढ्ने अपेक्षा निर्माण तथा…

Read More

‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’को प्रदर्शन सुरू

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ आजबाट प्रदर्शनमा आएका छन् । फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ र सरोज पौडेलको निर्देशन रहेकाे ‘वेल कम टु हेम्जाकोट’ आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हुन् । पाँच वर्ष अगाडि खिचिएको सिनेमाको कोभिड–१९ का कारण रिलिज पछाडि धकेलिएको थियो । परिवारको खुसीका लागि परदेश…

Read More

चलचित्र ‘परस्त्री’ को ट्रेलर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो । ‘हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने…

Read More

प्रिमियरमा रूचाइयो ‘नीरफूल’, धेरै दर्शकको मन जित्नसक्ने उपस्थित व्यक्तिहरूको विश्वास

काठमाडाैँ । प्रतिक्षित चलचित्र नीरफूलको काठमाडौंमा प्रिमियर शो भएको छ। कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा आयोजित चलचित्रको प्रिमियर कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा तामाङ समुदायको भेषभुषामा सजिएर कलाकारहरू डम्फु र तामाङ सेलोमा नाच्दै-गाउँदै उपस्थित भएका थिए। तामाङ सेलोमा नाच्दै आएका कलाकारसँगै दर्शक र पत्रकारहरूले चलचित्र हेरेका थिए। गणेश हिमालको काखमा रहेको…

Read More