
‘पशुपति प्रसाद २ : भष्मे डन’ अमेरिकाको १० बढि राज्यमा रिलिज
काठमाडौं / बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक १३ गते मंगलबारबाट अमेरिकामा पनि प्रदर्शनमा आएको छ । सिनेमा अमेरिकाको १० बढि राज्यमा प्रदर्शनमा आएको प्याट्रिक सुवेदी (प्रतिक)ले जानकारी दिए । नेपालमा दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको सिनेमाले अमेरिकामा पनि राम्रो व्यापार गर्ने अपेक्षा वितरक सेभेन सिज इन्टरटेनमेन्टको छ ।…