
‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक
काठमाडौं / महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पृथक शैलीमा तयार पारिएको ‘दुल्हा दुल्हन’ बोलको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेका शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । विवाहको परिवेशमा खिचिएको गीतमा अभिनेता विजय बराल कमेडी शैलीमा गाउँदै र नृत्य गर्दै प्रस्तुत छन् ।…