अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी…

Read More

कस्तो छ ‘नीरफूल’को ट्रेलर (भिडियो)

काठमाडौँ । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा…

Read More

‘भगवत् गीता’ भदौ २९ गते रिलिज हुने

काठमाडौं । चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्र निर्माण टिमले ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका हुन् । यसअघि चलचित्रलाई कृष्ण अष्टमी अर्थात भदौ २१ गते रिलिज गर्ने योजना थियो । तर, भदौ २१ मा भारतीय सुपरस्टार शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ प्रदर्शन हुने भएपछि चलचित्र ‘भगवत् गीता’…

Read More

चलचित्र नरम शक्तिको अङ्ग हो : नेता भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले चलचित्र र मनोरञ्जन जनताको मौलिक अधिकार रहेको बताएका छन् । मङ्गलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कलालगायत रहेका छन् भनेका हुन् । ‘नरम शक्तिको महत्वपूर्ण अङ्ग चलचित्र हो । अन्य देशमा चलचित्रको माध्यममा धारणा निर्माण हुने गरेको छ…

Read More

चलचित्रमा गीतसङ्गीतको महत्त्व

काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसङ्गीतझैँ कथावस्तुले चर्चा पाउन सकेन । प्रचारप्रसारको सशक्त माध्यम…

Read More

‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा बन्ने

काठमाडाैँ । नेपाली चलचित्रसमेत दुईभागमा बन्ने भएको छ । बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा तयार गरिने भएको छ । निर्देशक चौधरीले दुवै भागको कथालाई तयार गरेर छायाङ्कनको तयारी गरिएको जानकारी दिए । “हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट…

Read More

किरणको निर्देशनमा ‘सोली डोली’ बन्ने

काठमाडाैँ । रेड वर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । अहिलेका लागि फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको हो । फिल्मका निर्माता किरण नेपाली हुनुहुन्छ । फिल्ममा चार जना नायक र तीन जना नायिका रहने निर्माण पक्षले बताएको छ । कलाकारको नाम केही दिनमा नै सार्वजनिक गर्ने…

Read More

कार्यविनायकमा गरियो ‘ह्यासट्याग माया’ को मुहूर्त

ललितपुर । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार पूजा गर्दै चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए । “हामीले मुहूर्त गरेका हौँ । आगामी सातादेखि काठमाडौँबाट छायाङ्कन सुरु…

Read More

‘जारी’ले गर्यो १५ करोडभन्दा बढीको व्यापार

काठमाडाैँ । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै…

Read More

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

काठमाडाैँ । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र टुल्की सो मितिमा देशभर प्रदर्शन गर्न लागिएको हो । डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको वेषभूषामा कुप्रथाका रूपमा अझै कायम रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माता…

Read More