Manoranjan

बजेटले खुसी भएनन् चलचित्रकर्मी

१८ जेठ, काठमाडाैँ । आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन्। ‘हामीले अहिलेको आवश्यकताबारे चलचित्र विकास बोर्डमार्फत सरकारलाई जानकारी गराएका थियौँ। तर, त्यसको केही सम्बोधन भएन। चलचित्र क्षेत्रको विकासका लागि सरकारले यस क्षेत्रमा लगानी गर्नाका साथै नीतिगत सुधारमा आवश्यक कदम चाल्नु विकल्प छैन्’, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष…

Read More

भ्रष्टाचारी प्रवृत्तिको कथा नीरफूल

काठमाडाैँ । अभिनेता दयाहाङ राईले आफूलाई मनपर्ने चलचित्र ‘नीरफूल’ रहेको बताएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले आफूले अभिनय गरेको र हलमा सफल रूपमा चलिरहेको ‘जारी’ जस्तै गरी ‘नीरफूल’ पनि मन परेको बताए । उनले भने, “यो चलचित्र खिच्न गणेश हिमालमुनिको रुवी भ्यालीमा हामी धेरै मुस्किलले पुगेका थियौँ । मेहनत पनि राम्रै गरेका…

Read More

न्नई सुपर किंग्सले जित्यो आइपिएल

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो । चेन्नईको यो पाँचौं आइपिएल उपाधि हो । जितको लागि एक सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५…

Read More

सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने

काठमाडाैँ । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने बताएका हुन् । नेपालमा चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती फिल्म…

Read More

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ?

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ । क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो । नेपालले एसिसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको क्यानले अर्जुन साउद र किशोर महतोले टोलीमा फर्काएको छ…

Read More

नेपाली चलचित्रले जगाएको आशा

काठमाडाैं । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ । विशेषत डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन् थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा रिलमार्फत चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र…

Read More

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई

काठमाडाैँ । ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान…

Read More

‘नीरफूल’ मौलिक स्वादमा बनेको छ, मैले काम गरेको राम्रो फिल्म मध्ये एक हुनेछ : दयाहाङ राई

काठमाडाैँ । नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताएका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले फिल्म निर्माणको समयको नालीबेली सुनाएका थिए । ‘‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुस्किलले पुगेका थियौँ,’’ उनले भने, ‘‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले…

Read More

फ्राइडे रिलिज : आजबाट हलमा ‘टुल्की’ प्रदर्शन

काठमाडाैँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आजदेखि देशभर प्रदर्शन सुरू भएको छ । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिएका छन् । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ”, उनले भने । चलचित्र डोल्पा जिल्लाको से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट…

Read More

‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडाैँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको…

Read More