
‘चित्रा’को टिजर सार्वजनिक
काठमाडौं / घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु(छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ । बदलाको कथामा आधारित रहेको सिनेमाको सार्वजनिक टिजरले एक्सनलाई पनि प्राथमिकता दिइएको संकेत गर्छ । एक्सन कोरियोग्राफी टिजरमा आकर्षक छ । सिनेमामा…