Tue. Apr 30th, 2024

संविधान सभाका लागि दोस्रो पटकको निर्वाचन मिति नजिकिदै गर्दा राजनीतिक माहोल तातेको छ। यही राजनीतिक माहोललाई थप गरम गर्न फिल्म ‘राजनीतति’ हलमा लाग्ने भएको छ। यतिबेला बिभिन्न पार्टीले आफ्नो पक्षमा तान्न खोजिरहेका दुई कलाकार महानायक राजेश हमाल र गायिका कोमल वलीले फिल्ममा ‘राजनीति’ गरेका छन्। 
विवाह गर्ने नेपालीको औसत उमेर पार गरेका हमाल र वलीको जोडीको ‘राजनीति’लाई सेन्सर बोर्डले १६ वर्षभन्दा कम उमेर समूहका लागि अभिभावक साथमा रहने गरी हेर्न पाइने प्रमाण पत्र दिएको छ। फिल्ममा निर्देशक वसन्त निरौलाले राजनीतिक विषयलाई मनोरञ्जक तरिकाले प्रस्तुत गरेका छन्। हमाल र वलीसँगै फिल्ममा दिपक सुवेदी र पबित्रा आचार्य पनि मुख्य भूमिकामा छन्। दिपक सुवेदी र हरि पन्तले निर्माण गरेको फिल्म भदौ २८ गतेबाट प्रदर्शन हुनेछ।

%d bloggers like this: