Tue. Apr 30th, 2024

ईदको मौका पारि प्रदर्शनमा आएको चलचित्र किकले बलिउड बक्स अफिसमा यति बेला धमका मच्चाएको छ । चलचित्र चलेको करिब चार दिनमा नै किकले १०० करोडको व्यापार गर्न सफल भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।  किकले पहिलो दिनमा नै २६.४० करोड,दोस्रो दिन २७.१५ करोड,तेस्रो दिन ३० करोड र चौथो दिन २५ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।
salman khan
यसरी अहिले बलिउड बक्स अफिसमा फिल्म किकले धमका मच्चाई रहेको छ । अब चलचित्र किक चाडै नै पाकिस्तानमा रिलिज हुने बताइएको छ । पाकिस्तानबाट पनि किकले झण्डै २५ करोडको व्यापार गर्न सक्ने भारतीय सञ्चार माध्यमको भनाई छ । फिल्म ‘किक’ लाई साजिद नाडियालवालाले निर्माण र निर्देशन गरेका हुन । पुर्णतया एक्सन र रोमान्टिक लभस्टोरीको फिल्म किक मा सलमानका अतिरिक्त जैकलिन फर्नान्डेज, रणदीप हुड्डा, जवाजुद्दीन सिद्धी लगायतको अभिनय रहेको छ । चलचित्र किकले करिब २०० करोड भन्दा माथि कमाउन सक्ने चलचित्रका जानकारहरुले बताएका छन् ।

%d bloggers like this: