Wed. May 1st, 2024

गाईजात्रामा दोहोरिरहने अनुहारमध्येमा पर्छन् निर्मल शर्मा। गाईजात्राकै प्रहसनका लागि अरू कलाकारका लागि दीपकराज गिरीले अनेक भूमिका बनाए। अघिल्लो वर्ष ठूलो भूमिकामा अभिनय गराएकालाई अर्काे वर्ष सानो भूमिकामा अभिनय गराए। तर, निर्मल शर्मा अर्थात् गैँडा जहिल्यै ‘ठूलो’ रोल पाउँछन्। दश वर्षदेखि गाईजात्राको प्रहसनमा सहभागी भइरहेका उनलाई सानो रोल दिनै नमिल्ने दीपकराज गिरी बताउँछन्। निर्मल पनि दंग छन् र भन्छन्, ‘मलाई सानो रोल सुहाउँदैन।’ सबै कलाकारले अपेक्षा गर्ने ठूलै रोल हो, अर्थात् लामो भूमिका। तर, निर्मल भने तहमा ‘ठूलो’ रोल पाएर मख्ख छन्। कलाकारितामा ‘हाकिम’को भूमिका ठूलो रोल होइन, धेरै सिन हुनुपर्छ भन्ने निर्मललाई सम्झाएर दीपकसँग किन झगड्याउनु?

%d bloggers like this: