Tue. Apr 30th, 2024
   मुम्बई-‘चेन्नई एक्सप्रेस’जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले ‘चेन्नई एक्सप्रेस’को सिक्वेल बनाउन लागेका भने होइनन्।M_Id_412474_Chennai_express
यसअघि रोहित र शाहरुखले मिलेर ‘पञ्जाब एक्सप्रेस’ नामक फिल्मको तयारी गरिरहेको चर्चा प्रकाशमा आएको थियो। रोहितले उक्त हल्लालाई नकारेका छन्। शाहरुखसँग नयाँ कथा र ताजा पटकथा लिएर काम गर्न लागेको र ‘चेन्नई एक्सप्रेस’सँग कुनै सम्बन्धित नहुने उनले बताए। फिल्मको सुटिङ अर्को वर्ष सुरु हुनेछ।
रोहित अहिले अजय देवगन र करिना कपुर अभिनित ‘सिंघम रिटर्न्स’ फिल्मको सुटिङ सिध्याउने तरखरमा छन्। ‘सिंघम’को सिक्वेल बनाउनुअघि रोहितले ‘गोलमाल’का पनि सिक्वेलहरु बनाइसकेका थिए।
%d bloggers like this: