Fri. Apr 26th, 2024
     नयाँदिल्ली– बलिउड अभिनेत्री प्रिती जिन्टाले आफ्ना पूर्वप्रेमी एवं व्यवसायिक साझेदार नेस वाडियासँगको विवादबारे आफ्ना प्रशंसकहरूको जिज्ञासाको जवाफ दिएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् विभिन्न प्रश्नहरूको जवाफ दिँदै पछिल्लो केही समययता यो मुद्दामा केही प्रशंसक, साथीहरू र सञ्चारमाध्यमबाट प्राप्त प्रतिक्रियाले आश्चर्यचकित बनाएको उल्लेख गरेकी छिन्।pretity-zinta
 ‘म ती व्यक्तिको प्रशंसा गर्दछु, जो मेरो पक्षमा खडा भए र मलाई समर्थन गरे,’ उनले लेखकी छिन्, ‘तर केही व्यक्तिले जुन किसिमको प्रतिक्रिया दिएका छन्, त्यसले म चकित भएकी छु।’
प्रहरीसमक्ष व्यक्तिगत सवालको उजुरी भन्ने जिज्ञासाको जवाफ दिँदै उनले भनेकी छिन्– हो, वास्तवमै व्यक्तिगत। सन् २००९ मै यो सम्बन्ध टुटिसकेको थियो र त्यतिबेला भएको कुनै पनि घटना र व्यक्तिगत कुरो लिएर म प्रहरीकहाँ गएकी होइन। तर ब्रेकअपको ६ वर्षपछि अब यो व्यक्तिवत सवाल मात्र होइन।
पैसाका लागि भन्ने प्रतिक्रियाको जवाफमा प्रितीले लेखेकी छिन् – आइपिएल मेरो प्रोजेक्ट थियो र मैले आफ्नो मात्र होइन, नेस वाडियाको भागको पाँच करोड पनि आफैं जम्मा गरेकी हुँ। यसको प्रमाण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँग छ। करिब ६ महिनापछि मात्रै वाडियाले सो रकम फिर्ता दिए, त्यो पनि बिनाब्याज। यसैले मलाई लाग्छ पैसाको विषय अब टुंगिन्छ।Preity Zinta with her Boy friend(2)js111
‘गो एयरको विज्ञापन पनि मैले बिनापैसा गरेको थिएँ,’ उनको स्पष्टीकरण छ, ‘टेलिभिजन रियालिटी सो कौन बनेगा करोडपतिबाट जति पैसा मैले कमाएँ, त्यो वाडिया बाल अस्पताललाई दानमा दिएको थिएँ।’ प्रितीले नेस वाडियाले लगाएका सम्पूर्ण आरोप गलत भएको दाबी गरेकी छिन्। आइपिएल सिटको विवादलाई लिएर वाडियाको आमाको अपमान गरेको भन्ने आरोपसमेत झुठो भएको उनले बताएकी छिन्। आइपिएलको प्रत्येक म्याचमा प्रिती जिन्टाले सबै सिट कब्जा गर्ने गरेको र आफ्नी आमालाई दुर्व्यवहार गरेको वाडियाको आरोप थियो।
यसबारे उनले लेखेकी छिन् – त्यहाँ ५० र ३५ सिट भएको एयरकन्डिसन्ड भिआइपी बक्स थियो। तर ६ सिटमा अटाएका म र मेरा साथी मुद्दा बनेको छ। सम्पूर्ण आइपिएलमा मैले मेरो लगभग सबै सिट खेलाडीहरूको परिवारजनलाई दिएकी थिएँ। यसैले सबै सिट कब्जा गरेको आरोप पूर्णतः गलत छ। कसैको पनि आमाको अपमान गर्ने विषय त असम्भव छ किनभने बरु म आफ्नो नाम भुल्न सक्छु, शिष्टाचार सक्दिनँ।
नेस वाडियाविरुद्ध प्रहरीमा दायर गराएको जाहेरीबारे उनले लेखेकी छिन् – पछिल्लो केही वर्षदेखि मैले कैयौंपटक चेतावनी दिएकाले मसामू अर्को विकल्प थिएन। समग्रमा शारीरिक हिंसा र आक्रमक व्यवहार स्वीकार गर्नुहुँदैन, चाहे कोही धनी होस् या गरिब, पुरुष होस् या महिला, सेलिब्रेटी होस् या नहोस्।
%d bloggers like this: