Tue. Apr 30th, 2024

 काठमाडौं । पछिल्लो समय नेपाली सिनेनगरिमा व्यापकरुपमा चलचित्रहरु भित्रने क्रम बढ्दै गएको छ । एउटै मितिमा २ देखी ३ वटा समेत चलचित्र एकसाथ सिनेमाहलहरुमा लाग्दा चलचित्रको लगानी समेत राम्रो सगँ उठ्न सकेको छैन । त्यो हुदा पनि चलचित्रहरु एउटै मितिमा भित्रन भने छोडेका छैनन् ।
२०७१ सालको सुरुवातीका दिनमा केहि चलचित्रहरुले राम्रो व्यापार गरेपनि त्यसपछि प्राय चलचित्रहरुले निराशापन बोक्नु पर्यो । कहाँ भेटिएलाको अपार सफल्ता पछि नायक श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको चलचित्र कोहिनुर श्रावण महिनाको २३ गते देशभर प्रदर्शन हुने भएको छ । र सोहि चलचित्र सगँ अर्को चलचित्र शीशा पनि प्रदर्शनमा आउने भएको छ । केहि दिन अगाडी सम्म चलचित्र कोहिनुर एक्लै चलचित्रहलहरुमा लाग्ने बताउदै आएपनि चलचित्र शीशाले पनि सोहि दिन प्रदर्शनको मिति तोकेको हो ।
अब श्रावण २३ गते चलचित्र कोहिनुर र शीशा एकसाथ प्रदर्शन हुने छ । चलचित्र शीशा र कोहिनुरको गित सगै ट्रेलर पनि सार्वजानिक भइसकेको छ । आर विके शरदले निर्देशन गरेका चलचित्र शीशामा नायक जिबन लुइटेल र नायिका उमा वेवीको मुख्य भुमिका रहेको छ । त्यस्तै चलचित्र कोहिनुरलाई आकाश अधिकारीले लेखन र निर्देशन गरेका हुन । चलचित्रमा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको मुख्य भुमिका हेर्न सकिने छ ।

%d bloggers like this: