काठमाडाैँ । फिल्म निर्माता, निर्देशक तथा कलाकार दीपक राज गिरी झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को पक्षमा बोलेका छन् । उनले उक्त फिल्मको साथ लिँदै फिल्म सेन्सरको चपेटामा परेको बताएका छन् ।
उनले फिल्म निर्देशक झरना थापाको परिवार नै भगवान कृष्णको ठूलो भक्त भएका कारण धर्मको खिल्ली उडाए भनेर पत्याउनै नसकिने पनि बताएका छन् । उनले नामकै नामकै कारण मात्रै हो भने चलचित्र रोक्नु जायज होला र? भन्दै प्रश्न समेत उठाएका छन् ।
गिरीले नेपाली फिल्म उद्योगमा एकता नभएका कारण एउटा फिल्म ब्लक बष्टर हुँदा फिल्म इण्डस्ट्री नै शोकमा डुब्ने अवस्था रहेको बताएका छन् । उनले संघ संस्था राजनीति गर्ने मंच र अधिकार बिहिन बिकास बोर्ड जागिर खाने थलो मात्रै नहोस् भन्दै चेतावनी समेत दिएका छन् ।
उनले फिल्ममा अहिले देखिएको समस्या खोज्नुपर्ने तर रिलिज रोक्न नहुने समेत बताएका छन् ।