लिम्बु समुदायको प्रेमकथामा आधारित फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङ राई र मिरुना मगरबीच माया र उनीहरूको सम्बन्धमा आएको उतारचढावलाई देखाइएको छ।

लिम्बु समुदायको प्रेमकथामा आधारित फिल्ममा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरूषले गर्नु परेको संघर्षलाई देखाइनेछ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।

बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

यसअघि अभिनेता दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए। उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो।

Leave a Reply

Back To Top