‘२.० छड्के’ को टिजर सार्वजनिक, ग्याङस्टार लुक्समा अनमोल (भिडियो)

काठमाडाैँ। अनमोल केसी अभिनीत ग्याङस्टार फिल्म ‘२.० छड्के’ को टिजर सार्वजनिक गरिएको छ।

शुक्रबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्व देखाइएको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।

मास्को सिंह र राजेन्द्र सापकोटाले छायांकन गरेको फिल्मलाई रवि चौधरी र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ। यहि मितिमा दीपकराज गिरीको ‘छक्का पन्जा ४’ पनि प्रदर्शन हुनेछ।

Leave a Reply

Back To Top