बहुप्रतिक्षित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति सार्वजनिक

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार यो फिल्म फागुन ५ गते नेपालसहितका केही मुलुकमा रिलिज हुने जनाएको हो।

यो फिल्ममा दयाहाङ राई र बिपिन कार्कीको प्रमुख भूमिका रहेको छ। फिल्मको कथावस्तु भने पारिवारिक परिस्थितिमा आधारित भएको जानकारी दिइएको छ।

फिल्म राई र कार्कीसहित अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङको समेत अभिनय रहेको छ। बिपिनले पहिलोपटक रामबाबुसँग सहकार्य गरेका हुन्। त्यस्तै, दयाहाङको ‘कबड्डी ४’ रामबाबुसँग सहकार्य गरेको यो पछिल्लो फिल्म हो।

उपेन्द्र सुब्बाले लेखेको पटकथामा मनिष ढकालले निर्माण गरेका छन्। यशोदा फिल्मसको ब्यानरमा फिल्म निर्माण भएको छ।

रामबाबु गुरूङको निर्देशनमा बनेको यसभन्दा अघिको फिल्म ‘कबड्डी-४’ सुपरहिट भएको छ।

Leave a Reply

Back To Top