‘प्रेमगीत-३’ले नेपालमा एकै दिन गर्यो २ करोड ५० हजार कलेक्सन, झन् बढ्दै दर्शकको क्रेज

काठमाडाैँ। शुक्रबारदेखि विश्वभर एकसाथ प्रदर्शन भएको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’को पहिलो दिनको कमाइ सार्वजनिक भएको छ। वितरकले शुक्रबार फिल्मले गरेको कमाइबारे जानकारी दिएका हुन्।

वितरकका अनुसार फिल्मले पहिलो दिन देशभर २ करोड ५० लाखको व्यापार गरेको छ। वितरक गोविन्द शाहीले दिएको जानकारी अनुसार शनिबार हलहरूमा दर्शकको क्रेज झन बढिरहेको छ।

‘शुक्रबार भन्दा शनिबार दर्शकको क्रेज हलमा बढेको देख्न सकिन्छ। पहिलो दिन २ करोड ५० हजार कलेक्सनको गरेको फिल्मको कमाइ शनिबार बढ्ने निश्चित जस्तै छ।’ शाहीले मनोरञ्नासंसारसँग भनेका छन्।

फिल्म शनिबारबाट विश्वभरका १२ सय भन्दा बढी स्क्रीनमा एकसाथ प्रदर्शन भइरहेको छ। भारतमा फिल्म अत्यन्तै राम्रो भएको प्रतिक्रिया दर्शकहरूले दिइरहेका छन्।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

राजेश श्रेष्ठ र पुरुषाेत्तम प्रधानले छायांकन गरेकाे फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

Leave a Reply

Back To Top