Wed. Jan 15th, 2025

एजेन्सी । मेक्सिकोकी आन्द्रिया मेजाले मिस युनिभर्सको ताज लगाएकी छिन् । आज बिहान भएको समारोहमा मेजा ६९औँ मिस युनिभर्सको ताज लगाउन सफल भएकी हुन् ।
उक्त प्रतियोगिता अमेरिकाको फ्लोरिडास्थित सेमिनल हार्ड रक हलिउड होटलमा भएको थियो । विश्वभरका दर्शकहरूले अनलाइनमार्फत उक्त प्रतियोगिता प्रत्यक्ष रूपमा हेरेका थिए ।
मेजाले दक्षिण अफ्रिकाकी जोजोबिनि तुन्जिलाई पछि पार्दै मिस युनिभर्सको उपाधि जितेकी हुन् ।
६९ औँ संस्करणको मिस युनिभर्समा ७३ जना सुन्दर युवतीहरूले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा मिस इन्डिया अडेलिन कास्टेलिनो पनि सहभागी थिइन् । उनी उत्कृष्ट पाँचसम्म पर्न सफल भइन् ।
आन्द्रिया मिस युनिभर्सको ताज लगाउने तेश्रो व्यक्ति समेत बन्न सफल भएकी छिन् । सोही प्रतियोगितामा नेपालकी अन्सिका शर्मा भने अन्तिम २१ मा स्थान बनाउन असफल भइन् ।
आन्द्रिया पेशाले सफ्टवेयर इन्जिनियर हुन् ।

Leave a Reply