Wed. May 1st, 2024

एजेन्सी । कोरोनाभाइरसको दोस्रो लहरको त्रासमा प्रतीक्षित बलिउड फिल्म ‘सूर्यवंशी’ अनिश्चितकालका लागि प्रदर्शन रोकिएको छ । कोरोना त्रासका कारण फिल्मको प्रदर्शन हाललाई रोकिएको बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले बताए ।
अहिले यसैको घलफलमा रहेको र औपचारिक रुपमा पोस्टपोन्डबारे जानकारी दिने तयारी भइरहेको बताए । फिल्म २९ अप्रिलमा रिलिज हुने तयारीमा रहेको थियो । उनका अनुसार अव फिल्म प्रदर्शन हुने छैन । भारतमा कोरानाको दोस्रो लहर सुरु भएपछि यसअघि तीनवटा फिल्म पोस्टपोन्ड भैसकेका छन् जसमा चेहेरे, बन्टी और बब्ली २ र हाथी मेरे साथी छन् । गत वर्ष नै रिलिज हुने भनिएको फिल्म सूर्यवंशी पटक पटक रोकिएको छ ।

Leave a Reply

%d bloggers like this: