Wed. Jan 15th, 2025

एजेन्सी । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । आमिर खानका प्रवक्ताले उनलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका छन् ।
आमिरका प्रवक्ताले भनेका छन्, ‘आमिर खानलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ र अहिले सेल्फ आइशोलेसनमा बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनअघि उनको नजिक रहेका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध छ ।’
आमिर खान अहिले उनको आगामी फिल्म लाल सिंह चड्डा र फरेस्ट गम्पको रिमेकमा काम गरिरहेका थिए ।
यसै महिनाको सुरूवातमा अभिनेता रणवीर कपुर, कार्तिक अार्यन तथा निर्देशक सञ्जय लीला भञ्सालीलाई पनि कोरोना संक्रमण भएको थियो ।

Leave a Reply