Sun. Apr 20th, 2025

काठमाडाैँ । फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकिएको छ ।आज सोमबार नारी दिवसको दिन झरना थापाद्वारा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकिएको हो। फिल्मका निर्माता सुनिल कुमार थापाले फिल्म भदौ १८ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।
सुनिलले आफ्नो फेसबुकमा लेखेका छन् , ‘१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना । हाम्रो चलचित्र ए मेरो हजुर–४ भाद्र १८ (२०७८) मा प्रदर्शन हुँदैछ । सदाझैं हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछु’।
फिल्म ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको छ । फिल्म छायाँकनको अन्तिम चरणमा रहेको जनाइएको छ ।

Leave a Reply