काठमाडाैँ । भारतीय स्टार अभिनेता सोनु सूदले एक जना नेपालीको उपचार खर्च व्यहोर्ने भएका छन् । उनले ट्वीटरमार्फत एक जना नेपालीका लागि उपचार खर्च सहयोग गर्ने जानकारी दिएका हुन् ।
नेपालका मधु पाैडेल नामक एक जनाले अाफ्नो रोगबारे जानकरी गराउँदै सोनु सूदलार्इ ट्वीटरमा मेन्सन गरेका थिए । उनले मेन्सन गरेको उक्त ट्वीट रि- ट्वीट गर्दै सोनु सूदले उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सूदले ट्वीटरमा लेखेका छन्, ‘अतिथि देवो भवः । हिन्दुस्तानबाट नेपाल विना लठ्ठी दौडँदै पुग्नेछौ । जय हिन्द ।’
कोरोना भाइरसको महामारीसँगै पीडा परेका विपन्नहरूको सहयोगमा सोनु सूद लगातार खटिइरहेका छन् । उनले कराेडाैँ रूपैयाँ ऋण लिएर पनि गरिबहरूको सहयोग गरिरहेका छन् ।
अतिथि देव भव:🙏
हिंदुस्तान से अपने देश नेपाल बिना लाठी के दौड़ते हुए जाओगे।
जय हिंद 🇮🇳@IlaajIndia @cmcdeepak #aiimsdelhi @SoodFoundation https://t.co/huYVRKyYJ9— sonu sood (@SonuSood) March 1, 2021