Tue. Apr 30th, 2024

काठमाडौं । प्रताव दासको स्वर रहेको गीत ‘भट्टीवाली’ सार्वजनिक भएको छ । गीतमा जगत तिरुवाले र्याप समेत हानेका छन् । रामकृष्ण महराको शब्द र सिधान्त परियारको संगीत रहेको गीतमा नारायण दंगालको संगीत संयोजन छ ।
डान्सिङ शैलीको गीतको भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको अभिनय रहेको छ ।
बुद्ध थापाको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियोका जीवन शाहीको निर्देशन रहेको छ ।

Leave a Reply

%d bloggers like this: