Tue. Apr 30th, 2024

नेपाली फिल्म क्षेत्रमा उत्कृष्टता तथा दर्शकको पर्याप्त माया बटुलेको फिल्म कबड्डी कबड्डी कबड्डी पुरानै वेगमा ५१ अाैँ दिनमा प्रवेश गरेको छ । गत असोज २ गतेबाट देशभर प्रदर्शनमा अाएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ सफलता पूर्वक साताैँ हप्ता पार गर्दै ५१ दिने सफलतामा प्रवेश गरेको हो ।

नेपाली फिल्मले छुट्टा छुट्टै गरी बनाएका सबै रेकर्ड अाफ्नो पोल्टामा पार्दै यस चलचित्रले शिखर चुमेको थियो । अाज शनिबारबाट यो फिल्मले प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको हो । ५१ दिन मात्र नभइ यो फिल्म दर्शकको चाँप बटुल्दैका ५१ दिनमा प्रवेश गरेको छ ।

यसैबीच नेपालमा दर्शकको ध्यान एकतर्फी खिचेको यो  चलचित्र कबड्डी कबड्डी कबड्डी न्यूयोर्कको गुलसन टेरेसमा समेत भव्य प्रदर्शन भयो ।

मोक्तान डिजिटल र कलाकार एन्सर्ज गुरुङको व्यवस्थापनमा चलचित्र आइतबार (नोभेम्बर ३) मा हाउसफुल प्रदर्शन भएको थियो । शो हेरेपर्छ दर्शकहरुले चलचित्र कमेडी, मौलिक खालको भएकोले राम्रो भएको प्रतिक्रिया जनाएका छन् ।

अरु चलचित्र प्रदर्शनभन्दा कबड्डी-३ प्रदर्शनमा देखिएको दर्शकको चापले न्यूयोर्कवासीमा नेपाली चलचित्रप्रति आकर्षण बढ्दै गएको नायिका एन्सर्ज गुरुङले बताइकी थिइन् ।

नेपाली फिल्म जगतमा पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने पहिलो फिल्म,सबैभन्दा धेरै शोहरू पाउने पहिलो फिल्म, बिग मुभिजमा १७ शो जस्ता दुर्लभ रेकर्ड फिल्म कबड्डी कबड्डी कबड्डीको नाममा रहेका छन् ।

यो फिल्मले बिग मुभिज, केएल टावर, एफक्युब सिनेमाज तथा सिटि सिन्टर लगायतका नेपालका ठूला हलहरूमा ५१ दिन मनाएको हो ।

Leave a Reply

%d bloggers like this: