२३ बैशाख , काठमाडाैँ – गत वर्ष रिलिज भएका फिल्महरू मध्येमा सबैभन्दा धेरै चर्चा कमाउन सफल फिल्म “लभ स्टेशन”को हङकङ शो हुने भएको छ । हङकङमा सुपर हिट जोडी प्रदिप र जसिताको फिल्म १६ जुन अर्थात् अबको ४० दिन पछि प्रदर्शन हुने भएको हो ।
हङकङमा यो फिल्म सागर अाले मगर र सूर्य राइको अायोजनामा प्रदर्शन हुने भएको हो । जसमा मिडिया पार्टनर ब्ल्याक पिक, एनपिअाइ एच के लगायत रहेका छन् ।
हङकङमा “लभ स्टेशन” “योय मा तेइ कम्युनिटि हल”मा प्रदर्शन हुनेछ । यो फिल्मको प्रदर्शन १६ जुन अाइतबार साँझ ६:३० मा हुनेछ ।
नेपालमा व्यापक चर्चा तथा दर्शकको मन जित्न सफल फिल्मले हङकङमा पनि धमाका मच्चाउने विश्वास निर्माताको रहेको छ । यो फिल्म नेपालमा प्रदर्शन नहुँदै अस्ट्रेलियामा प्रदर्शन हुने निश्चित भइसकेको थियो ।