अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ ले हलमा अाक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन झरीका बाबजुद पनि हलमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । झरीको दिनमा समेत अाक्रामक देखिएको फिल्मले अरू दिन अझ धमाका मच्चाउँदै गएको छ । समग्रमा फिल्मले सदाबहार दर्शक पाएको छ ।
समीक्षकको नजरबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मलार्इ भने दर्शकले रूचाएका छन् । अभिनेता प्रदीप र अभिनेत्री जसिता भने दर्शकले फिल्म रुचाएकोमा दंग छन् । उनीहरु दर्शकले फिल्म रुचाउनु नै आफूहरुको सफलता मान्छन् । प्रदर्शनको तीन दिनमा २ करोड कमाएको दाबी गरेका निर्माता गोविन्द शाहीले फिल्मले हलमा राम्रो व्यापार गरिरहेको दाबी गरेका छन् ।
शुक्रवार दुई ठूला फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनमा अाए पनि फिल्मको कहानी तथा चापलार्इ हेर्दा दर्शक ‘लभ स्टेसन’ तिर नै तानिनेछन् ।
अभिनेता प्रदीप दर्शक प्रतिक्रियाले आफूलाई थप हौसला मिलेको बताएका छन् । उनले दर्शकको उपस्थितिलार्इ अाफ्नो मेहनतको फलको रूपमा लिएका छन् ।
उज्ज्वल घिमिरे फिल्मका निर्देशक हुन् । प्रदीप र जसिताका अलावा फिल्ममा प्रकाश शाह, रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । यो सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म हो । आलोक शुक्लाको यसमा छायांकन छ । आमा छोरीको सम्बन्धमा फिल्म केन्द्रित छ ।