ज्यानलाई जहाँ पनि भाँच्न सकिने रहेछ ! यस्तै भन्छिन्, रुसकी २७ वर्षीया जेल्टा जोन । उनी यो संसारकै सबभन्दा लचिलो शरिर भएकी महिला हुन् । उनका तस्बिर मात्रै हेर्नेले कतिले गुडिया ठान्छन्, भने कतिले फोटोसपको कमाल । तर रबरजस्तो शरीर भएकी उनले ५० वर्ग सेमीका बाकसमा आफैलाई बन्द गरेर दुनियाँलाई चकित तुल्याएकी छिन् ।