Sat. Feb 1st, 2025

काठमाडाैं ।
नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्न सफल फिल्म ‘छक्का पञ्जा ३’ ले घरेलु बजारमा मात्र होइन विदेशी भूमिमा पनि रेकर्ड बनाउन थालेको छ । नेपाली फिल्मको राम्रो मार्केटको रुपमा हेरिएको सपनाको देश अमेरिकामा फिल्मले नयाँ रेकर्ड आफ्नो नाम गरेको छ ।
यो फिल्म गएको एक महिनादेखि लगातार चलिरहेको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको डालस टेक्सासमा अहिलेसम्म ६४ सोज प्रदर्शन भइरहेको छ । यसअघि कुनै पनि नेपाली फिल्म यसरी अमेरिकामा नचलेको डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मसले जानकारी दिएको छ ।
सरकारी विद्यालयमा हुने बेथिति र विसंगतिलाई उदाङ्गो पारेको फिल्म अझै प्रदर्शन भइरहेको नेप्सिनेका सीइओ रायन रेजले बताए । उनी भन्छन्, ”छक्का पञ्जा ३’ को सफलताले हामी नेपाली फिल्म प्रदर्शकलाई ठूलो हौसला मिलेको छ र यसले निकट भविष्यमा नेपाली फिल्मको बजारमा दिर्घकालिन प्रभाव पार्नेछ ।”
हाल नेपालमा पनि सुखद प्रदर्शन गरिरहेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मले १८ करोडमाथि कलेक्सन गरिसकेको खबर छ । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल शिवहरी पौडेल, दीपिका प्रसाईँ, बुद्दि तामाङ, नीर शाहलगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

Leave a Reply