काठमाडौं ।
बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित गरिएको छ ।
सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४औं जन्मजयन्तिको अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिनु भएका ‘मह’ जोडीलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो ।
उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको प्रसंसा गर्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो ।