घटस्थापनाबाट ‘डियर जिन्दगी’ प्रशारण हुने

काठमाडाैं ।
कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ।
राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो । जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुष्कर जङ्ग थापा,श्रेया कार्की,सुष्मा कार्की,सुवाश पराजुली,अर्जुन गौतम,राम कृष्ण बिसी,डीबी बम्जन,एलिना खनाल,वसन्त पोखरेल,सुरेश काफ्ले लगाएतका कलाकारको अभिनय रहेको छ।

Leave a Reply