Tue. Apr 30th, 2024

दोस्रो विश्वयुद्धमा ६० लाख यहुदीको नरसंहारका लागि जिम्मेवार जर्मन तानाशाह एडोल्फ हिट्लरको जस्तै अनुहार भएको कुकुरको बच्चा अहिले चर्चामा छ । उसको खास नाम प्याच हो । तर, यसकी मालिक्नीका अनुसार फ्रेन्च बुलडग र शित्जुको वर्णशंकर यस छाउरोलाई कसैले प्याच भनेर बोलाउँदैन । सबै उसलाई एडोल्फ भन्छन् ।
सात हप्ताको यो छाउरोले एडोल्फ भनेर बोलाउँदा पुच्छर हल्लाउने गरेको छ । यसकी मालिक्नी बेलायतको नर्थ योकसायर नगरनिवासी लिन्डा ह्वाइटहेड हुन् । ‘ऊ मेरो नातिको प्यारो कुकुर हो,’ उनले भनिन्, ‘फेसबुकमा यसको फोटो राखेपछिमात्रै हामीले ऊ हिट्लरजस्तो देखिन्छ भन्ने थाहा पायौँ ।’ लिन्डाकी जेठी छोरीले छाउरोको फोटो देखेपछि भनेकी थिइन्– ‘मम्मी, तपाईंसँग त सानो हिट्लर रहेछ ।’
लिन्डाका अनुसार प्याचले कहिलेकाहीँ हिट्लरकै जस्तो व्यहोरा पनि देखाउँछ । ‘कहिलेकाहीँ यसले असाध्यै झगडा गर्छ,’ उनले भनिन्, ‘तर, ऊ साह्रै प्यारो छ ।’

%d bloggers like this: