Sat. Sep 21st, 2024

काठमाडाैं । 
बैशाख २१ अर्थात् आगामी साता रिलिज हुने सिनेमा ‘डमरुको डण्डीबियो’ले  सेन्सर पास गरेको छ ।
सेन्सर बोर्डबाट यस फिल्मले  युनिभर्सल सर्टिफिकेट प्राप्त गरेकाे छ । यसकाे मतलब खगेन्द्र लामिछाने स्टारर सिनेमालाई सबै उमेर समुहका दर्शकले हेर्न पाउने छन् । पछिल्लो समय चर्चामा रहेको सिनेमालाई आशाका रुपमा हेरिएको छ । खगेन्द्र अभिनित यसअघिकाे सिनेमालाई पनि दर्शकले खुबै रुचाएका थिए । सिनेमाको ट्रेलरबाट आएको शतप्रतिशत सकारात्मक प्रतिक्रियाले पनि ‘डमरुको डण्डीबियोलार्इ अझ  प्रतिक्षित बनाएको छ ।

छेतेन गुरुङ निर्देशित फ्यामिली स्पोर्ट ड्रामामा खगेन्द्रका अलावा मेनुका प्रधान, बुद्दी तामाङ, आशान्त शर्मा,  अंकित खड्का, लक्ष्मी बर्देवा, अनुप बराल , इंगि होपू कोइंच सुनवार,मिश्री थापा,  नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।
समृद्धि इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

Leave a Reply