चलचित्र ‘डा.खाते’को ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्रले बालश्रम बिरुद्धको आवाज उठाउनुको साथै सडक बालबालिका अवस्था पेश गरेको निर्देशक रवि अर्यालको भनाई छ ।रोशनी केसीले निर्माण गरेको उक्त चलचित्र साउन ६ गतेबाट सार्वजनिक प्रदर्शन गरिने निर्देशक अर्यालले बताए । निर्मात्री केसीले चलचित्रको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने समेत जनाएकी छिन् ।चलचित्रमा चारजना सडक वालकसहित रोशनी केसी, सम्राट सापकोटा, शिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनये छ । जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको चलचित्रमा दिव्य सुवेदीको छायांकन, तारा थापा किम्भेको सम्पादन र सचिन सिंहको संगीत छ । यो चलचित्र साउन ६ गतेबाट रिलिज हुने काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
https://www.youtube.com/watch?v=qyfW0l5gJv0