Tue. Apr 30th, 2024

मनोरंजन संसार डटकम
यति बेला नेपाली गीत संगीतको स्तर संगै यो क्षत्रको अरु कुरामा पनि धेरै परिवर्तन संगै विकास पनि भएको छ भन्दा कुनै फरक पर्दैन । तसर्थ अहिले नेपाली गीत संगीत प्रति दर्शक श्रोताहरु पनि बढी आकर्षित भएको पाइएको छ । पहिलेको तुलनामा अहिले नेपाली गीत संगीतलाई माया अनि सम्मान गर्ने दर्शक श्रोताहरुमा धेरै प्रतिशतले अन्तर आएको छ । यो हिसाबले नेपाली दर्शक श्रोताहरुको यो आकर्षणलाई सधैब यसरि नै कायम राख्नु त पक्कै पनि यस क्षत्रमा अग्रसर कलाकारहरुको नै हो । तर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन अहिले धेरै व्यक्तिहरु असमर्थ छन् । देशको तुलनामा देश बाहिरका कलाकारहरुबाट त झनै यो कुरामा अलि कम नै आशा राख्न सकिन्छ । तर यस्तो अवस्थामा पनि कतै बिश्राम नलिई आफ्नो गन्तब्यमा निरन्तर अगाडी बढिरहेका छन् रचनाकार सौरव तिम्सिना । उनि यति बेला अमेरिकामा बसिरहेका छन् तर नेपाली गीत संगीतलाई उनले निरन्तर रुपले अगाडी बढाईरहेका छन् ।
sourav-timsina
निकै राम्रा राम्रा गीत संगीत नेपाली दर्शकहरुको माझमा प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान बनाईसकेका उनको अब चाडै नै “चन्द्रमा” बोलको नया गीत सार्वजनिक हुने तयारी अवस्थामा रहेको छ । उनले आफ्नो रचनामा तयार भएको गीतको सार्वजनिकको लागि बिशेष दिनको पर्खाई गरिरहेका छन् । अमेरिकाको एटलान्टा सहरमा यहि आउदो फेब्रअरी ४ मा आयोजना हुन लागेको मेरो डान्स कप को सिजन-२ को ओपेनिङ सेरेमोनीको अवसरमा उनले आफ्नो नया गीत सार्वजनिक गर्ने जानकारी गराएका छन् । उनको शब्द रचनामा तयार भएको गीतमा बाबू बोगटीले संगीतको साथमा बिनोद गुरुङले आफ्नो सुमधुर स्वर भरेका छन् । यस्तै गीतको म्युजिक भिडियो पनि निकै नै उत्कृष्ट बनेको छ जसलाई मोनी राईले निर्देशन गरेका छन् भने निर्माण डी.बि गुरुङले गरेका छन् । गीतको म्युजिक भिडियोमा मेरो डान्स कप का बिजेता पुर्णिमा तलैजा र समिर गुरुङले अभिनय गरेका छन् । यस्तै उनले आफ्नो गीत सार्वजनिक कार्यक्रममा सहभागिताको लागि सबैलाई आमन्त्रण पनि गरेका छन् ।
sourav-timsina
उनको अब सार्वजनिकको तरखरमा रहेको यो गीत पहिलेको भन्दा केहि फरक रहने कुरा समेत उनले बताएका छन् । उनले नेपाली दर्शक श्रोता माझ आफ्नो जादु चलाईसकेका छन् । उनको यो भन्दा अगाडिको रचनाहरुले धेरैको मन छोएको छ । यो हिसाबले उनको नाम यति बेला नेपाली गीत संगीत क्षत्रमा चम्किरहेको छ भन्दा कुनै फरक नपर्ला । उनको शब्द रचनाको यति बेला अधिक प्रशंसकहरु बढेका छन् । यस्तै उनले आफु निकै अग्रसर भएर लागिपरेको र नेपाली गीत संगीतको स्तर निकै माथि सम्मको पुराउने विश्वास समेत ब्यक्त गरेका छन् । कसैको पनि मन छुने र केहि कुराको अनुभव गराउने सक्ने रचनाको सृजना गर्ने क्षमता भएको व्यक्ति हुन रचनाकार सौरव तिम्सिना । उनको उत्कृष्ट र फरक शब्द रचनाको कारण नै उनि यति बेला नेपाली दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल भएका छन् । बिदेशमा रहेर पनि नेपाली गीत संगीतलाई उनले अलिकति पनि समयको कमि भने हुन दिएका छैनन् । उनि निरन्तर रुपले नेपाली गीत संगीत र कला संस्कृतिको जगेर्ना गर्ने तर्फ सक्रिय भएर लागिपरेका छन् ।
sourav-timsina
आफ्नो अबको नया प्रस्तुतिबाट पनि आफुले धेरै आशा राखेको कुरा उनले उल्लेख गरेका छन् । दर्शकहरुको टेस्टलाई पहिलेको जस्तै अहिले पनि कायम नै राख्ने प्रयास आफुले गरेको कुरा समेत उनले बताएका छन् । दर्शक श्रोताहरुले आफुलाई दिएको माया र सम्मानले गर्दा नै आज आफु यो स्थान सम्म आइपुगेको र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउन सकेकोले यो साथ सधैब आफुलाई खाँचो रहेको कुरा उनले बताएका छन् । यस्तै उनले आफ्नो नया प्रस्तुतिलाई एकचोटी हेरेर सुनेर त्यहाँ भएका केहि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथ अझै अगाडी राम्रो गर्न हौसला प्रदान गरिदिनुहुन सबैलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: