Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो पाईला अगाडी बढाई रहनु भएका गायक यमन माझीको स्वरमा सजिएको नया गीत सार्वजनिक भएको छ | “रातो राम्रो” बोलको उक्त गीतमा आर बि लामाको संगीत र कार्कीको शब्द रहेको छ | गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ | कार्की कै निर्देशन र अग्रिम लामाको छायांकनमा तयार भएको गीतको म्युजिक भिडियोमा मोडल शक्ति र रबिताले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् |
yaman-majhi
लामो समय देखि नेपाली गीत संगीतमा लागेर अहिले सम्म पनि आफ्नो सांगीतिक यात्रालाई निरन्तर अगाडी बढाउने कलाकार मध्यमा गायक यमन माझी पर्दछन् | उनलाई हामी गायको दर्जाले मात्र सम्बोधन गर्न सक्दैनौ किन भने उनि कुशल छायाँकार , संगीतकार , रचनाकार र कमोजर पनि हुन् | वास्तवमै उनि बहुमुखी प्रतिभाको धनि कलाकार हुन् | उनले नेपाली गीत संगीतलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् |
yaman-majhi
बाल्यकाल देखि नै नेपाली गीत संगीतमा रुची राखेका उनले धेरै मेहेनत र साधन पछि नै आफ्नो प्रतिभालाई बाहिर लिएर आउने प्रयास गरेका छन् | त्यस्तै उनले सधै केहि नया अनि फरक प्रस्तुतिहरु दर्शक माझ राख्ने कोसिस समेत गरेका छन् | उनको अब धेरै राम्रा राम्रा गीतहरु बाहिर सार्वजनिक तयारीमा रहेका छन् | आफ्नो आउदो नया गीतहरु अहिलेको दर्शक श्रोताहरुको टेस्टलाई मध्य नजर गरेर तयार पारेको कुरा समेत उनले बताएका छन् |
yaman-majhi
दर्शक श्रोतालाई सधै भगवान स्वरूप मान्ने उनले आजको आफ्नो स्थान समेत उहाहरुकै माया र साथको कारण रहेको कुरा बताएका छन् | त्यसै गरि आफ्नो प्रस्तुतिबाट दर्शक श्रोताहरुलाई कहिले पनि निराश हुने मौका नदिने विश्वास उनले ब्यक्त गरेका छन् | आगामी दिनहरुमा नया तथा राम्रा राम्रा गीत संगीत दर्शक श्रोता माझमा प्रस्तुत गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् | जहाँ रहे पनि सधैब नेपाली गीत संगीतलाई हेरेर सुनेर माया गरिदिनु हुन र आफु जस्तो कलाकारहरुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्नको लागि हौसला प्रदान गरिदिनु हुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: