Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्रले अहिले आएर धेरै पछि आफ्नो हरेक कुरामा धेरै विकास गरिसकेको छ | अब नेपाली चलचित्र नेपालमा मात्र हैन बिदेशमा समेत विस्तार हुने क्रम जारी छ | नेपाली चलचित्र संग आबद्ध थुप्रै व्यक्तिहरुको प्रयासले यो कुरा सम्भव हुन सकेको छ | यिनै थुप्रै व्यक्तिहरु मध्य एक प्रमुख व्यक्ति हुन् निदेशक तथा निर्माता मिलन चाम्स | उहाले धेरै अगाडी आफ्नो पहिलो नेपाली चलचित्र “हँसिया” को युकेमा रेड कार्पेट प्रिमिएर शो गरेर नेपाली चलचित्रको बजार बिदेशमा समेत विस्तार गर्ने कामको थालनी गरिसक्नु भएको छ | त्यसै गरि उनले आफ्नो दोस्रो चलचित्र “वीर विक्रम” यसै बर्ष मात्र नेपाली दर्शकहरु माझमा उतारे जुन अत्याधिक सफल हुन पुग्यो र ५१ दिनको आकडा समेत सजिलै संग पार गर्यो | दर्शकहरुले उनको नाम र कामलाई कहिले नबिर्सिने गरि मन मुटुमा खोपेर राखेका छन् |
happy-days
त्यसै गरि अब उहाले आफ्नो तेस्रो चलचित्र “हेप्पी डेज” को केहि समय अगाडी नै घोषणा गरिसक्नु भएको छ | घोषणा संगै उहाले आफ्नो चलचित्रको नेपालमा रहेको छायांकनको सबै भाग अहिले सकिसक्नु भएको छ | उहाले यो चलचित्रबाट नेपाली चलचित्रमा नया इतिहास रच्ने तयारीमा हुनुहुन्छ | उहाले करिब ३ मिनेटको सिनको लागि नेपालमै पहिलो पटक करिब ३० लाखको सेट लगाउनु भएको छ | यो अहिले सम्मको नेपाली चलचित्रको इतिहासमा पहिलो पटक हो | त्यसै गरि आफ्नो यस चलचित्रको ९५ प्रतिशत छायांकन उहाले युके र स्कटल्याण्डमा सक्नु हुने कुरा उहाले बताउनु भएको छ | अब नेपाली चलचित्रको स्तर पनि बढाउनु पर्छ भन्ने विश्वासको साथमा आफुले यस किसिमको प्रयास गरिरहेको कुरा उहाले उल्लेख गर्नु भएको छ | काम गर्ने इच्छा र मेहेनत भए हरेक कुरा सम्भव छ भन्ने कुराको उहा सबैको लागि एक ज्वलन्त उदहारण बन्नु भएको छ | नेपाली चलचित्र आफ्नो लागि पहिलो प्राथमिकतामा रहेको , नेपाली दर्शकहरुलाई आफुले भगवानको स्वरुप मानेको र सधैब निरन्तर रुपमा नेपाली दर्शकहरुलाई राम्रो चलचित्र प्रस्तुत गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |
happy-days
happy-days
happy-days
happy-days
त्यसै गरि उहाको जानकारी अनुसार चलचित्र सबै युनिटको युके र स्कटल्याण्ड छायांकनको लागि भिजा लागिसकेको छ | यसै चलचित्रको छायांकन र लोकेसनको अबलोकनको लागि यस चलचित्रका बजार वितरक गोबिन्द शाही पनि युके तर्फ जानु हुदैछ | त्यसै गरि चलचित्रको छायांकनको लागि निर्देशक तथा निर्माता मिलन चाम्स मंगलबार युके तर्फ प्रस्थान गरिसक्नु भएको छ भने बाकी टिम भने अबको केहि दिनमा छायांकनको लागि युके तर्फ प्रस्थान हुने कुरा रहेको छ | उहाले युके प्रस्थानको क्रममा नेपालमा गरिएको छायांकनको केहि तस्विरहरुमा सार्वजनिक गर्नु भएको छ | सार्वजनिक तस्विरहरुमा बिदेशी धेरै कुराको महसुस हुने दृश्य रहेका छन् | चलचित्रको यो किसिमको तयारीले अब नेपाली चलचित्रको इतिहासमा यस चलचित्रले नया कृतिमान रच्नुको साथै सम्पूर्ण नेपाली दर्शकहरुको मनमा ठुलो कहिले नमेटिने छाप छोड्ने देखिन्छ |
happy-days
happy-days
happy-days
happy-days
happy-days
happy-days
happy-days
चलचित्रको कथा बस्तु पनि उत्तिकै राम्रो रहेको छ | एउटा नेपाली ठिटोको युके जाने सपना र जसो तसो त्यहाँ गएपछि युके नागरिक एक नेपाली केटी संगको भेटघाट र माया प्रेम अनि त्यसपछि आइपर्ने समस्याको कुराहरुलाई निकै सुन्दर तरिकाले चलचित्रमा समावेश गर्न खोजिएको छ | चलचित्रमा समावेश कलाकारहरुको अभिनय र संवादले पनि धेरै दर्शकहरुको मन छुने प्रवल सम्भावना रहेको छ | चलचित्रको गीत संगीत पनि निकै अब्बल पक्षे मानिएको छ | चलचित्रमा माया प्रेम , हाँसो , रोदन , कमेडी , द्वन्द र रमाईला कुराहरुको थुप्रै खुराकहरुको मिश्रण गरिएको छ | यस हिसाबले चलचित्रले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्माण पक्षेले ब्यक्त गरेको छ |
happy-days
happy-days
happy-days
चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र “हेप्पी डेज” मा निर्माता तर्फ बिपी खनाल , भवानी शर्मा , हिराल जोशी र डा.अशोक बंसल हुनुहुन्छ | चलचित्रको निर्देशनको जिम्मा भने निर्देशक मिलन चाम्सले नै लिनुभएको छ | चलचित्रमा दयाहाङ्ग राई , प्रियंका कार्की , संजय गुप्ता , बिक्की जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ | चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत रहने छ | यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहने यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् | चलचित्रको सम्पादन तर्फ भने अर्जुन जिसीको हात रहने छ |

Leave a Reply

%d bloggers like this: