Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र घोषणा गरिएको चलचित्र “घामपानी” ले आफ्नो छायांकन सकेको छ | चलचित्र अहिले सम्पादन कक्षमा पसेको छ | चलचित्रले आफ्नो सबै छायांकन सिन्दुलीमा सकेर आएको छ | यसै गरि चलचित्रले आउदो नया बर्ष २०७३ को बैशाख १ गते आफ्नो प्रदर्शन मिति पनि तोकिसकेको छ | संचारकर्मी दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा नायक दयाहाङ्ग राई र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको छ | चलचित्रमा यी दुई संगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की लगायतका कलाकाहरुको अभिनय रहने छ |
ghampani
सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्शनको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनक विक्रम कडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी रहनेछ । कालिप्रसाद बाँस्कोटा र चन्द्र कुमार दोङको संगीत रहने यस चलचित्रमा सैलेन्द्रध्वज कार्कीले छायांकन गर्नेछन् | चलचित्रको स्क्रिप्ट लेखक निर्देशक दिपेन्द्र लामा हुन् भने रामबाबु गुरुङ स्क्रिप्ट कन्सल्ट्यान्ट हुन् |
ghampani
चलचित्रको कथा वस्तुनै चलचित्रको मुख्य बलियो आधार रहेको जानकारी निर्माण पक्षेले दिएको छ | हाम्रो नेपाली समाजको वास्तविक घटना क्रमलाई निकै सुन्दर हिसाबमा यस चलचित्रमा चित्रण गर्ने कोसिस गरिएको छ | जात भातले माया प्रेमलाई रोक्न नसक्ने र सबैभन्दा ठुलो कुरा मान्छेको मन भएको कुराहरु यस चलचित्रले प्रस्ट पार्दछ | चलचित्रमा नेपालको सुन्दर ठाउँ सिन्धुलीको मनोरम दृश्यहरुको पनि दर्शकहरुले आनन्द लिन पाउनु हुनेछ | चलचित्रको गीत संगीत पनि निकै नै राम्रो रहेको कुरा निर्माण पक्षेले बताएको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ | चलचित्र निकै नै राम्रो बनेको र चलचित्रले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरि सबैको मन जित्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: