Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
बलिउड पछि हलिउडमा सफलता पाइरहेकी अभिनेत्री प्रियंका चोपडाले हलिउड फिल्म साइन गर्दैमा कोही हलिउड स्टार नहुने बताएकी छन्। उनले त्यसका लागि फिल्मको रिलिजसम्म कुर्नुपर्ने बताएकी छन्।
स्पेनको म्याड्रिडमा भएको आइफा अवार्डको साइडलाइनमा मिडियासँगै कुरा गर्ने क्रममा प्रियंकाले उक्त धारणा राखेकी हुन्।
‘हलिउड फिल्म साइन गर्दैमा कोही हलिउडको स्टार भइहाल्दैन्। पहिला फिल्म रिलिज हुन दिनुस। म ‘बेवाच’को रिलिजलाई लिएर उत्साहित छु’, उनले भनिन्।
त/यस्तै उनले संजय लिला भन्सालीको आगामि फिल्ममा अभिनय गर्ने इच्छा रहेको पनि बताइन्। ‘क्वान्टिको २’को सुटिङ्मा आगामी मार्चसम्म व्यस्त रहने भएकाले त्यसपछि मात्र बलिउड फिल्म गर्न सक्ने उनको भनाइ थियो।

%d bloggers like this: