Tue. Apr 30th, 2024

बसन्त सापकोटा नेपाली संगीत क्षेत्रमा निकै चर्चित एबं सफल नाम हो । सापकोटाद्वरा संगीतबद्ध सिनेमा तथा आधुनिक गीतहरु प्राय सबै हिट छन । उनै संगीतकार बसन्त सापकोटा अब भने गायक पनि बनेका छन, क्यारम त नि ! बोलको गीतमा बसन्तले स्वर तथा संगीत दिएका छन ।
क्यारम त नि को अफिसियल म्युजिक भिडियो समेत सार्बजनिक भएको छ । हुनत यसअघी पनि उनले केहि गीतमा आफ्नो आवाज दिएका थिए तर यो गीतमा उनको स्वर सुन्दा परिपक्क गायकको झैँ सुनिन्छ ।
अहिलेका व्यस्त भिडियो मेकर दिपेन्द्र केसी निर्देशित ‘क्यारम त नि’मा अहिलेका चर्चित मोडल तथा अभिनेता पल शाह र नेपाली सिनेमाकी चर्चित अभिनेत्री नीता ढुंगाना संगै दर्जन कोरसहरुको फिचरिंग रहेको छ ।
Kyaram-Tani-New-final.00_01_47_10
उक्त गीतको शब्द प्रभा आचार्यले लेखेकी हुन् भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा रामकुमार केसीको छयांकन, प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।
गीत निकै आकर्षक बनेको छ भने शब्दहरु पनि क्याची लाग्छन । संगीतकार तथा गायक सापकोटाले मेहेनत गरेको देखिन्छ भने पल र निताको अभिनय पनि राम्रो छ ।
Kyaram-Tani-New-final.00_03_50_22
क्यारम त नि गीतको भिडियोलाई कालिन्चोक डिजिटल नेपालको प्रस्तुतिमा दिनेश खड्काले निर्माण गरेका हुन् । यसै गीत मार्फत नेपाली सांगीतिक उद्धयोगमा पुनरागमन भएको कालिन्चोक डिजिटल यसअघी कालिन्चोक क्यासेट सेन्टरको नामले प्रख्यात थियो भने सयौं हिट लोक गीतहरु दिईसकेको छ ।
हेर्नुहोस् भिडियो :
https://www.youtube.com/watch?v=uKDIl2ut4Ys

%d bloggers like this: