Sat. Apr 19th, 2025

मनोरंजनसंसार डटकम
lulia-and-salman
सलमानलाई पछ्याउनेलाई लाग्दो हो, सलमान खान–लुलिया वन्तुरको सम्बन्ध पनि अचम्म लाग्दो छ! किनकी यी दुई न कहिल्यै खुलेर आफूहरुको प्रेम स्वीकार गर्छन् न सँगै घुम्न, हिँड्न नै छोड्छन्।
केही समयअघि त यी दुईबीच बिहे हुने हल्ला नै फैलिएको थियो। पछि लुलियाले खण्डन गरिन्। तर पनि यी दुईबीचको प्रेम (मित्रता मात्रै?) मा कुनै कमी आएको छैन।
यतिसम्म कि यो जोडी दुई विदेश जाँदासमेत छुट्टिएको छैन। रोमानिया स्थायी घर भएकी लुलिया हाल भारत बस्छिन्। सुटिङका लागि सलमान बुडापेस्ट जाँदा लुलिया पनि सुटुक्क गएको बताइन्छ।
भएछ के भने, विदेश जान लागेकी अनुष्का शर्मालाई विराट कोहली एयरपोर्टसम्म छोड्न पुगेका थिए। ब्रेकअप हल्लाकाबीच कोहली अनुष्कालाई कारमा राखेर एयरपोर्ट पुगेपछि क्यामराहरु यी दुईतिरै सोझिइरहे।
यसै मौकामा सलमान–लुलिया जोडी क्यामरालाई छलेर लुसुक्क एयरपोर्ट छि¥यो।