Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
Sonakshi-Sinha
सोनाक्षी सिन्हालाई बलिउड फिल्म ‘दबंग’ मा जुन फिगरमा देखियो, त्यसअघि उनको लुक्स कस्तो थियो? त्यो लुक्स देख्नेको मनमा प्रश्न उठ्न सक्छ, ती यी युवती सोनाक्षी नै हुन्? बिल्कुलै हो। दबंगमा अभिनय गर्नका लागि उनले आफ्नो वजन तीस किलो घटाएकी थिइन्। त्यसपछि मात्र उनी स्लिम देखिइन्। सोही वर्ष उनलाई एक म्यागेजिनले ‘कभर गर्ल’समेत बनाएको थियो।
हालै २८ वर्ष पुरा गरेकी यी सुन्दरीसँग केही ‘बिन्दास मन्त्र’ छन्, जसमा धेरै ‘मन्त्र’ शरीरसँगै जोडिएका छन्। यी मन्त्र अरुका लागि पनि प्रेरणा बन्न सक्छन्।
-बलिउडमा म साइज जिरो होइन, हिरो बन्न आएको हुँ।
-यो पूर्ण भनिने संसारमै थुप्रै कमी छन् त्यसैले मानिसले पूर्ण बन्ने कोसिस नगरेकै राम्रो। आफू सच्चा रहनु। अरु कसैको दबाबमा आफूलाई नबदल्नु। आत्मविश्वास नडगमगाउनु।
-जब म यो क्षेत्रमा आएँ, मैले पहिल्यै भनिसकेको छु कि छोटा कपडा, किस सिन र बिकिनी दृश्यका लागि म तयार छैन। कोही मसँग काम चाहन्छ भने मेरा यी तीन प्रतिबद्धता बुझेर मात्र आओस्। मसँग कामको खडेरी छैन।
-मलाई लाग्छ कि मैले यो अवधारणा तोडेँ, नायिका भनेको साह्रै स्लिम हुनुपर्छ। यदि कोही मेरो तौलमाथि प्रतिक्रिया जनाउँछ भने कि ऊ मसँग जलिरहेको छ कि भने उसको कामै स्क्रिनअघि बसेर गनगन गरिरहने हो।
-मलाई यो लाग्दैन कि ‘सेक्सी’ देखिन कपडा नै उतार्नुपरोस्।
-तर कोही युवतीको शरीर शिरदेखि पाउसम्म ढाकिएको छैन भने यसको मतलब यो होइन, ऊ कसैलाई आफूतिर बोलाइरहेकी छे। यदि कोहीको सोच यस्तो छ भने कमजोरी केटीमा होइन, सोच्नेमा हुन्छ।
-जस्तो अवस्थामा हुनुहुन्छ उस्तै रहनुस् तर सहज रहनुस्। यो कुरा ख्याल राख्नुस्, तपाईंको शरीर र व्यक्तित्वलाई के सुहाउँछ?
-म सामाजिक सञ्जालमा खुबै सक्रि रहन्छु। म सधैं थुपै्र युवतीबाट यो कुरा सुनिरहेको हुन्छु, उनीहरु यसकारण खुशी छन् कि बलिउडमा मेरोजस्तो फिगर भएका अभिनेत्रीहरु छन्।
-कोही गलत अभिप्रायःले तौल घटाइ राख्दैन। म आफैंलाई भोको राख्न सक्दिन। म बिल्कुलै स्लिम पनि हुन सक्दिन। म जस्तो छु, त्यस्तैमा खुशी छु।

%d bloggers like this: