अप्रेशनपछि घर फर्किए रणवीर

बलिउड अभिनेता रणवीर सिंह आइतबार अस्पतालबाट आफ्नो घर फर्किएका छन् । संजय लीला भन्साली निर्देशित फिल्म ‘बाजीराव मस्तानी’को सुटिङ्का दौरान उनी घाइते भएका थिए जसका कारण उनको बाँया हातमा चोट लागेको थियो। उनी अप्रेशनका लागि मुम्बई स्थित हिन्दुजा अस्पताल भर्ना भएका थिए।

ranbir

अस्पताल भर्ती भएका रणवीरले अस्पतालको शल्यक्रिया कक्षबाट नै आफ्नो बारेमा प्रशंसकहरुलाई जानकारी दिन फोटो सहित तीनवटा ट्वीट गरेका थिए। चिकित्सकले रणविरलाई तीन हप्ता आराम गर्न सल्लाह दिएका छन। सुटिङ्का दौरान घाइते भएपछि उनको फिजियोथेरापी गरिएको थियो तर त्यसले पनि स्थितिमा सुधार नभएपछि उनको शल्यक्रिया गरिएको हो। रणवीर यहि चलचित्रको छायांकनको बेला घोडाबाट लडेर पनि घाइते भएका थिए ।